काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न उठाउनुभएको छ ।
बिहीबार अर्थमन्त्रालयको बजेटमाथि छलफल गर्ने क्रममा मोदीले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गरेर यस्तो प्रश्न गर्नुभएको हो ।ुअन्य संसारको उदारण हेर्दा दुई-दुई पटक, तीन–तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरुलाई जनताले त बहिस्कार गर्छ, गर्छ देश निकाला गर्छन। उहाँहरुलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ?,’ मोदीले भन्नुभयो ।
उहाँले ९ महिना संसद विघटन गरेको र ९ महिना संसद अवरुद्ध गरेको भन्दै त्यसको तलब भत्ता लिएको छ कि छैन भनेर समेत एमाले सांसदहरुलाई प्रश्न गर्नुभयो । मोदीको प्रश्न छ, ‘९ महिना संसद विघटन भयो। ९ महिना संसद विघटन गर्दा उहाँहरुले तलव भत्ता लिनु भयो कि भएन रु त्यसपछि ९–९ महिना संसद अवरुद्ध गर्नु भयो त्यसको तवल भत्ता लिनु भयो कि भएन ?’ अनलाइनखबरबाट