खेललाई पर्यटनसँग जोड्नुपर्छ : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ । प्राकृतिक हिसावले देश सुन्दर भएकाले त्यसको उपयोग खेलकुद मार्फत गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदलाई राज्यले प्राथमिकतामा नराखेको पनि बताउनुभयो ।

‘नेपाल प्राकृतिक रुपले राम्रो देश छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री गहतराजले भन्नुभयो । मन्त्री गहतराजले खेलकुदको विषय सिंहदरबार भित्र बुझ्ने मान्छे नभएको बताउनुभयो । त्यसैले नै नेपाली खेलकुद बजेटको हिसावले उपेक्षामा परेको बताउनुभयो । ‘खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । सिंह दरबारमा रहने व्यक्तिले यो कुरा बुझ्नु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार