पोखरामा भासियो सडक

पोखरा । पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ  ।  सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्।भासिएको सडक मर्मत गर्ने तयारी छ  । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार