११ महिनामा नेपाल भित्रियो २ करोड ७४ लाखको भेप

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट नेपालमा २ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय सिगरेट (भेप) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको भेप भित्रिएको हो ।

नेपालमा विश्वका विभिन्न ९ वटा मुलुकबाट भेप आयात हुने गरेको छ । जसमध्ये, चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यी मुलुकमध्ये चीनबाट सबैभन्दा धेरै २ करोड ६७ लाख रुपैयाँको भेप आयात भएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्बाट १० लाख रुपैयाँको, भारतबाट २७ लाख रुपैयाँको, हङकङबाट १० लाख ५७ हजार रुपैयाँको भेप भित्रिएको तथ्याङ्क छ । यसैगरी, कोरियाबाट ४ लाख रुपैयाँको र अमेरिकाबाट साढे ३ लाख रुपैयाँको भेप भित्रिएको विभागले जानकारी दिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार