स्वास्थ्यको १२ औं तह बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्न दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १ नम्बरमा डाक्टर टंकप्रसाद बराकोटी र २ नम्बरमा डाक्टर संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।

डा. बराकोटी मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छन् । प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली भएपछि सो स्थानमा बढुवा गर्नका लागि दुई जनाको नाम सिफारिस गरिएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार