२००७ सालमा आएको प्रजातन्त्र कर्णालीका जनताले २०११ मा मात्र थाहा पाए : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समय संचारमाध्यमको विकास भएपनि यथार्थ र तथ्यमा आधारित पत्रकारितामा पत्रकाहरु चुकिरहेको बताउनुभएको छ ।

सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि कार्यक्रममा उहाँले भन्नुभयो,‘अहिले संचारमाध्यमको विकास भएपनि यथार्थ र तथ्यमा आधारित पत्रकारीतामा पत्रकाहरु चुकिरहेको छन् ।’

मुख्यमन्त्री शाहीले विगतमा जनतालाई सूचनाको अभाव हुने गरेको उदाहरण दिँदै २००७ सालका आएको प्रजातन्त्र साविकका कर्णालीका जनताले २०११ सालमा मात्र थाहा पाएको बताउनुभयो ।

साथै मुख्यमन्त्री शाहीले अहिले गाउँ–गाउँमा डोजर आतंक चलिरहेको भन्दै त्यसतर्फ पत्रकारको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले डोजर आतंक छ । हुँदाहुँदा गाउँपालिकाले डोजर किनिरहेका छन् । कुनै वातावरणीय मुल्यांकनबिनै सडक बनेका छन् । जसले गर्दा पानीको स्रोत सुकिसकेका छन् । पत्रकारले यस्ता कुराहरुमा पनि ध्यान दिनुपर्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार