काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिल निष्काशन गर्न लागेको बैंकले सोमबार दिउँसो ३ बजे बिलको बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी बिलको निष्काशन भने भोलि मंगलबार (असार २१ गते) हुनेछ । बैंकका अनुसार कुल १८ अर्ब एक करोड रुपैयाँ मध्ये ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ । कुल रकम मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बाँडफाँड गरिने बैंकले जनाएको छ । रातोपाटीबाट