‘मिस एसईई–२०२२’ विजेता लिया पुन सम्मानित

बेनी । केही समय अघि मात्र पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुन सम्मानित हुनुभएको छ । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लिया सम्मानित हुनुभएको हो ।

लियालाई  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले सम्मान पत्र प्रदान  गर्नुभयो । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानी कोटगाउँकी पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पार्नुभएको थियो । मिस एसईई–२०२२को उपाधिसगैँ उहाँले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गर्नुभएको थियो । लिया बेनी स्थित न्यु वेष्ट प्पाइन्ट आवासीय माविबाट एसईई परिक्षा दिनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार