महंगी र भ्रष्टाचार विरुद्ध एमाले म्याग्दीको विरोध प्रदर्शन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेकपा एमाले अन्तर्गत रहेका जनवर्गीय संगठनहरुले महंगी र भ्रष्टाचारको विरुद्धमा बेनीमा विरोध प्रदर्शन गरेका छन । बुधवार संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरबाट बिरोध ¥यालि निकाली विरेन्द्रचोकमा विरोध सभा गरेको हो ।

नेकपा एमाले अन्तर्गत रहेका विभिन्न १६ वटा जनवर्गीय संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन । ¥यालीमा अहिलेको सरकारको गलत कार्यहरुको विरुद्धमा नारावाजि समेत गरिएको थियो ।विरोध सभा सुरु हुनुपूर्व संयुक्त जनसंगठन समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय तथा गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय समेत पठाउने गरि विभिन्न क्षेत्रमा लागु गरिएको मूल्य वृद्धि लगायतका जनविरोधी निर्णयहरु फिर्ता लिन ज्ञापन पत्र बुझाईएको नेकपा एमालेका उपसचिव तथा समन्वय समितिका संयोजक थमसरा पुनले बताउनुभयो ।

गठवन्धनको सरकार बनेदेखि देशको अवस्था धराशायी बन्दै गएको, सरकारले जनहितमा कुनैपनि काम नगरेको, अर्थतन्त्र चौपट भएको, महंगी, भ्रष्टाचार र बेथितिले सिमा नाघेको र देशको राष्ट्रियता र सार्वभौमसत्ता इतिहासकै कमजोर अवस्थामा पुगको भन्दै सरकारको खवरदारी गर्न नेकपा एमाले सडकमा ओर्लिएको पुनले बताउनुभयो ।

विरोध सभालाई राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज एवम नेकपा एमाले गण्डकी प्रदेश सदस्य सन्तोष रावल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल र उपसचिव एवम् जनवर्गीय संगठन विभाग प्रमुख थमसरा पुनले सम्वोधन गर्नुभएको थियो ।नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा पार्टीका १६ वटै जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बुधवार गण्डकी प्रदेशको ११ वटै जिल्लामा विरोधको कार्यक्रम अन्तर्गत म्याग्दीमा पनि विरोध सभा आयोजना गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार