दरबाङमा चौथो पश्चिम म्याग्दी कप हुने

  म्याग्दी न्युज संवाददाता

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा पश्चिम म्याग्दी कप–२०७९ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमीको अवसरमा पश्चिम म्याग्दी दरबाङ्ग युवा क्लबको आयोजनामा ‘युवाहरुबिच आपसी सद्भाव ,समन्वय,सहकार्य र पारस्परिक एकता– सभ्य, स्वच्छ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मुल नाराका साथ असोज २२ देखि २६ गते सम्म प्रतियोगिता संचालन हुने भएको हो ।

शिक्षा ,स्वास्थ्य ,खेलकुद लगायत सामाजिक क्षेत्रमा सक्रिय क्लबले खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले यही ०७ भदौमा बसेको बैठकले प्रतियोगिता संचालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनुभयो । १८ भदौंमा बस्ने क्लबको बैठकले उपसमिति गठन गरेर प्रचारप्रचासरलाई थप प्रभावकारी बनाउने उहाँको भनाई छ ।

धरौती सहितदर्ता शुल्क सात हजार ५०० रुपैयाँ रहेको छ । उहाँका अनुसार ,प्रतियोगितामा विजेता टोलीले ६५ हजार नगद ,ट्रफी ,मेडल र प्रमाणपत्र उपविजेता टोलीले ३५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् ।२१ देखि २२ गते साँझ ३ बजेसम्म नाम दर्ता समय तोकिएको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरीने वा अनुशासित टिमलाई दश हजार रुपैयाँले पुरस्कृत गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट मिडफिल्डर ,उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट स्ट्राइकरलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस अघि कोरोनाको कारण प्रतियोगिताहरु संचालन हुन सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार