‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउँछौ,’– गठबन्धनका उम्मेद्वार(तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । आगामी ४ मंसिरमा प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उम्मेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उम्मेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको प्रतिनिधित्व विकासका कामलाई तिब्रता दिएर नयाँ उचाईमा पु¥याउने अवसर हुने बताउनुभएको हो ।

उनिहरुले संविधान र राजनीतिक उपलब्धिको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारहरुलाई जिताउन आव्हान गरे । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहनुभएका कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यस अघि चुनाव हारेपनि विचलित नभई म्याग्दीवासीको सेवामा निरन्तर लागिरहेको बताउनुभयो ।

“२०६४ मा समानुपातिक उम्मेद्वार थिए, २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भए, २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो,” गर्बुजाले भन्नुभयो “दुई तीन पटक चुनाव हारेपनि संघर्ष गर्न छाडेको छैन । म्याग्दीको विकास र म्याग्दीलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन् । यसपाली म जितका लागि प्रतिस्पर्धामा आएको हो ।”

बेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङ खेलाडी भएको बताउँदै गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा म्याग्देलीको प्रतिनिधित्व गर्ने बताउनुभयो । गर्बुजाले म्याग्दीका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिएर नयाँ योजना भित्र्याएर तिब्रताका साथ कार्यान्वयनमा लैजाने बताउनुभयो ।

????????????????????????????????????

प्रदेशसभा क्षेत्र ९क०मा माओवादीका उमेद्वार हरीबहादुर भण्डारीले जलविद्युत, पर्यटन, कृषि र जडिवुटी क्षेत्रमा रहेको सम्भावनालाई व्यवहारमा रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने नीति र योजनामा प्राथमिकता दिने बताउनुभयो । उहाँहरुले स्थानीयबासीहरुसँग समन्वय गरेर आवश्यकता र मागलाई सम्बोधन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

????????????????????????????????????

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनको लहर छाएको बताउदै अब बन्ने सरकारमा म्याग्दीको प्रतिनिधित्व हुने र त्यसपछि म्याग्दीको विकासको पालो आउने बताउनुभयो ।
विकास निर्माणमा हुने ढिलासुस्ति, अनियमितताको अन्त्य र शुसासनका लागि प्रतिवद्ध सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मध्य पहाडी, उत्तर दक्षिण जोड्ने लोकमार्ग, नेपालमा लोडसेडिङको अन्त्य गरी विद्युत निर्यात गर्ने काम भएको बताउनुभयो ।

????????????????????????????????????

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेलले नेपालको हरेक राजनीतिक परिवर्तनका सहयात्री दलहरुको सहकार्यबाटनै नेपालमा राजनीतिक स्थिरता कायम भई विकासले गति लिने र जनताले महशुस गर्ने सम्बृद्धी हाँसिल हुने बताउनुभयो ।नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीमा कसिलो बनेको गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै विपक्षीले फैलाउने भ्रम र प्रलोभनको भण्डाफोर तथा प्रतिरोध गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । प्रदेशसभामा नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका प्रदेशसभामा समानुपातिक उम्मेद्वार दुर्गा कार्की लगायतले महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा बनेको संविधान कार्यान्वयन गरेर अधिकार दिलाउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

????????????????????????????????????

गठबन्धनका उमेद्वार तथा नेताहरुलाई स्थानीय विकास निर्माण र समस्याका बारेमा जानकारी गराउदै गठबन्धनको इमान्दारीताका साथ कार्यान्वयन गरेर चुनाव जिताउने प्रतिवद्धता जनाएका थिए । नेपाली कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिकाका निवर्तमान मेयर हरिकुमार श्रेष्ठ , नेता नेत्रबहादुर महत, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा ,नेता दुर्गाराम सुवेदी ,धनलाल जैसी लगायत नेताहरुले गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । यसैगरी प्रदेशसभा क्षेत्र (ख)का गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको टोलीले शनिबार मंगला गाउँपालिका –२ सल्यान, थाइवाङ, भरजुला, भाइवाङमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक पुन, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक सहितको टोलीले गठबन्धनलाई भोट माग्दै घरदैलो गर्नुभएको हो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार