जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा आज (आइतबार) रेडक्रसको युवा रेडक्रस सर्कल र बालक्लब पूनर्गठन भएको छ । यसअघि विद्यालयमा गठित युरेसको २ वर्षें कार्यअवधि सकिएकाले प्रज्ञा बानियाँको अध्यक्षतामा युवा रेडक्रस सर्कल पूनर्गठन गठन गरिएको हो ।

सर्कलको उपाध्यक्षमा साधना रामदाम, सचिवमा प्रसन्न पौडेल, कोषाध्यक्षमा दिपिका श्रेष्ठ, उपसचिवमा सुवास विक र उपकोषाध्यक्षमा सङ्गीता दर्जी चयन हुनुभएको छ । यसैगरी सर्कलको कार्यसमिति सदस्यहरुमा सावित्री बानियाँ, कविता रामदाम, निशल पौडेल, हिराबहादुर दर्जी र प्रतिमा किसान रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा रेडक्रस पुलाचौर उपशाखा सभापति एवं जिल्ला शाखा उपकोषाध्यक्ष शिव बानियाँ, सदस्य रेशमबहादुर बानियाँ, सहायक प्रधानाध्यापक कपिल केसी र शिक्षक प्रकाश सुवेदीले रेडक्रस र बालक्लबका पदाधिकारीहरूलाई सपथग्रहण गराई परिचयात्मक कार्यक्रमसहित प्रशिक्षण समेत दिनुभएको थियो ।

यसैगरी अंकिता थापाको अध्यक्षतामा जनकल्याण बाल क्लबको पनि पूनर्गठन भएको छ । क्लबको उपाध्यक्षमा आर्यन श्रेष्ठ, सचिवमा लिलाबहादुर खत्री, कोषाध्यक्षमा विनिता किसान र सहसचिवमा करिस्मा किसान चयन हुनुभएको छ । बाल क्लबको कार्यसमिति सदस्यहरुमा अनिता विक, सोनिया दर्जी, निकिता रामदाम, गरिमा हमाल, प्रशान्त श्रेष्ठ, भगवती किसान, कविता खत्री, सिर्जना परियार, अस्मिता दर्जी, देविका परियार, सफल अधिकारी, सजिना पौडेल, दिप्सन कार्की, दिपिका छिनाल, अरुण नेपाल र रसिक श्रेष्ठ रहनुभएको छ ।कार्यक्रममा युवा रेडक्रस सर्कलका अध्यक्ष बानियाँ र जनकल्याण बाल क्लबका अध्यक्ष थापाले विद्यालयमा रेडक्रस तथा बाल क्लबसँग सम्बन्धित विभिन्न गतिविधिहरु सञ्चालन गर्ने र विद्यार्थीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार