गण्डकी मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी फाइनलमा

  म्याग्दी न्युज संवाददाता

पाेखरा । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो ।

यस्तै महिला तर्फ नै पर्वतले तनहुँलाई २५–११, २५–१४, २५–१९ अंकले पराजित गर्दै म्याग्दीसगँको भेट पक्का गरेको टेक्निकल प्रमुख नारायणबहादुर भण्डारीले जानाकारी दिनुभयो ।यस्तै पुरुष तर्फ बाग्लुङले तनहुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बाग्लुङले १८–२५, १८–२५, २५–१५, २५–१९, १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बागलुङ खेलमा फर्कदै पछिल्ला तिन खेल जित्दै फाइनको यात्रा तय गरेको हो । प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।

फागुन ३ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतियले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् । खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउँदा बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०र१० हजार रुपैयाँ पाउने खलकुद परिषदका प्रमुख टोपलाल भुसालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार