प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी

  म्याग्दी न्युज संवाददाता

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, अर्मन दोस्रो भएको छ ।

खुल्ला महिला भलिबलमा मालिका युवा क्लव सहश्रधारा दोस्रो भएको छ । तीन दिनसम्म सञ्चालन भएको पुरुष भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता थियो । पुरुषतर्फ विजेता र उपविजेताले रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख र ५५ हजार रुपैयाँ नगद सहित शिल्ड,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिलातर्फ बिजेता र उपविजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित ६० हजार र ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।भलिबल खेलाडी स्व. नरबहादुर भट्टचनको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगितालाई निरन्तरता दिइने मंगला गाउँपालिका भलिबल संघका अध्यक्ष मुक्तमान केसीले जानकारी दिनुभयो ।

रबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्वर्गिय भट्टचनका दुई नातीहरु स्टालिन÷ सरद शेरचन रहनुभएको छ । भने सह–प्रायोजकमा मालिका युवा क्लव÷मंगला युवा क्लव रहेका छन् । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच, उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको उपाधी पनि वितरण गरिएको थियो । प्रतियोगिताको फागुन ५ गते प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार