२१ वर्षदेखिको बागलुङ–रत्नेचौर खानेपानी विवाद अन्ततः समाधान !

  राम प्रसाद घिमिरे

‘बागलुङ नगरपालिकाले खानेपानी व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ।’

बागलुङ । बागलुङ बजारको दीर्घकालीन समस्या हो खानेपानी अभाव । साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको यो शहरका नागरिकहरु वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन् । बागलुङ नगरपालिकाका मुख्य ४ वटा वडाहरु पर्ने यो शहरमा वर्षौंदेखि खानेपानीको समस्या समाधानका लागि प्रयास गरिएपनि दीर्घकालीन रुपमा पानीको उपलब्धता हुन सकेको छैन् ।

वर्षाको समयमा हिलो र हिउँदमा केही घण्टाको मात्र पानीको उपलब्धताले अपुग हुँदा नागरिकहरु महङ्गो मुल्यमा पानी किनेर खान बाध्य छन् ।नगरपालिकाका वडा नम्बर १,२ र ३ मा रेश खोलाको पानी आंशिक रुपमा आएपनि वडा नम्बर ४ को उपल्लाचौर, रमेटार, वडारचौर, कुँडुले, छाप लगायतका बस्तिमा उक्त पानी उपलब्ध हुन सकेको छैन् ।

२०५८ साल देखिको खानेपानी विवाद समाधान !

बागलुङ नगरपालिका-५, साविक मालिका गाविसको कमेरे खानेपानी मुलको विषयमा बागलुङ र म्यादीको बेनी नगरपालिका(१, साविकको रत्नेचौर गाविस बिचको खानेपानी मुल विवाद समाधान भएको छ ।कमेरे खानेपानी मुलको समस्या नयाँ भने होइन । विक्रम सम्मत २०५८ साल देखिको यो विवादले अन्ततस् २१ वर्ष पछाडि बागलुङ र रत्नेचौरका उपभोक्ता बिच दुवै स्थानीय निकायका जनप्रतिनिधि, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा समाधान भएको हो ।

जिल्ला समन्वय समिति म्यादीका प्रमुख राज कुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उप-प्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, म्यादीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, बेनी नगरपालिका(१, रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर थापा, बागलुङ नगरपालिका-४, का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा लगायत दुवै पक्षका उपभोक्ताको उपस्थितिमा गत बुधबार बागलुङ बजारमा बसेको संयुक्त बैठकले २१ वर्षदेखिको खानेपानी विवादलाई समाधान गरेको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङबासी र रत्नेचौर बासीको यो विवाद म सानै हुँदादेखिको हो, खानेपानी जस्तो संवेदनशील विषयमा विवाद हुनु आफैमा दुखद् छ त्यसैले मानिसको जिबनसँग जोडि यो खानेपानीको विवादका लागि हामी पटकपटक बैठकहरु बस्यौं अन्तत रत्नेचौरका लागि र बागलुङका लागि कमेरे मुहानबाट बाँडेर पानी ल्याउने गरि सहमति गरिएको छू प्रमुख श्रेष्ठले भन्नुभयो ू जिल्ला समन्वय समिति म्यादीका प्रमुख, हामी दुवै स्थानीय निकायका प्रमुख सहित दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको उच्चस्तरीय संयन्त्रले आपसी सहमतिमा २१ वर्षदेखिको खानेपानी विवाद समाधान गरेको छ, अब मुहानको व्यवस्थापन सहित काम अगाडि बढाउँदै छौँ ।

उता म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले भने पछिल्लो बैठकमा मौखिक सहमति भएपनि लिखित सहमतिका लागि पुन: एक पटक बैठक बस्ने गरि उठेको बताउनुभयो । ‘हामी पछिल्लोपटक दुवै क्षेत्रका प्रतिनिधि बसेका हौं तर लिखित सहमति भएको छैन, एकपटक बस्नुपर्नेछ आवश्यकता छ,’ उहाँले भन्नुभयाे । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राज कुमार थापासँग बुझ्नका लागि सम्पर्क गर्दा कुरा हुन सकेन ।

पटकपटक बसेका बैठक :
खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरु पटकपटक बैठक बसेका छन ।पहिलो बैठक २०७९/११/०७ को बैठकले संयुक्त टोलीले मुहान निरीक्षण गर्ने निर्णय गरेको थियो र सोही दिन मुहानको निरीक्षक गरिएको ।दोस्रो बैठक २०७९/११/१५ मा जिल्ला प्रशासन कार्यालय म्यादीको सभाहलमा बसेको बैठकले दुवै पक्षका निर्णायक व्याक्तिहरुको उपस्थितिमा सहमति गर्ने भन्दै बैठक उठेको थियो ।

२०७९/११/१७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्रविधिक जाँचमा प्रतिसेकेन्ड ७ लिटर पानी रहेकोमा प्रतिसेकेन्ड ४ लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी ३ लिटर बागलुङले प्रयोग गर्ने भने हिउँदका ४ महिना ९फाल्गुन देखि जेष्ठ० सम्म मुहानको कुल पानिको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरि सहमति भएको थियो । त्यस्तै उक्त बैठकले कमेरे मुहानको पानी अपुग भएमा आसपासका लगायत खोलाको पानी समेत मिसाएर बाँडफाँड गरिने गरि सहमति भएको र सहमति दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको बैठकमा सहभागी बागलुङ नगरपालिकाका उप(प्रमुख राजु खड्काले बताउनुभयो ।

पानीको व्यवस्थापनमा लाग्ने खर्च दुवै स्थानीय तहले बराबर गर्ने सहमति:
कमेरे मुहान पानीको व्यवस्थापनका लागि लाग्ने खर्च दुवै स्थानीय तहले बराबर गर्ने सहमति भएको छ । ट्याङ्की निर्माण लगायत सबै कुरामा लाग्ने खर्च बागलुङ नगरपालिका र बेनी नगरपालिकाले संयुक्त रुपमा बराबर गर्नेगरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा बताउनुभयो ।

बागलुङ नगरपालिकाले काम अगाडि बढाएको छ :
बागलुङ नगरपालिका वडा नम्बर-५, मालिकामा रहेको कमेरे खानेपानी मुहानको पानी व्यवस्थापन तथा वितरणका लागि बागलुङ नगरपालिकाले काम अगाडि बढाएको छ । २०५८ सालमा बागलुङका उपभोक्ताको नाममा जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको छ ।

बागलुङ नगरपालिकाले एक वडा एक पुर्वाधार अन्तर्गत ५० लाख विनियोजन गरि काम अगाडि बढायो :

कमेरे खानेपानीका लागि बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षबाट ५० लाख बजेट विनियोजन गरि काम अगाडि बढाएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।यो योजना यसै आर्थिक वर्ष भित्र कार्यान्वयन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेको पानी रत्नेचौरका उपभोक्ताले सिँचाइका लागि प्रयोग गर्दै आएका थिए तर मुहान भने २०५८ सालमा बागलुङका उपभोक्ताको नाममा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार