मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा

  धनिलाल गर्बुजा

म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन  गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफल गर्नुभएको हो ।

अर्मनको छिस्बाङ,टिकबाङ,सिर्कुम र किमचौरमा रहेका सामुदायिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले संघीय सरकारबाट जिल्लालाई प्राथमिकतामा दिएर बजेट विनियोजनका लागि निरन्तर पहल गरेको बताउनुभयो ।

म्याग्देली जनताको आशा र चुनावअघि आफुले गरेका बाचा पाँच वर्ष भित्रमा पुरा गर्नेे प्रतिवद्धता सांसद गर्बुजाले दोहोर्याउनु भयो । ‘जनताप्रति सदैव उत्तरदायी बन्दै यहाँको सम्बृद्धिका लागि काम गर्छु’, उहाँले भन्नु भयो ।

म्याग्दीमा अलपत्र परेको विकासलाई पूर्णता दिदै जनताका हरेक दुखसुखको सारथी बन्ने सांसद गर्बुजाको भनाई छ । भेटघाट कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्तालगायतका ब्यक्तिहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार