खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

  म्याग्दी न्युज संवाददाता

बेनी। जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले  ४५ हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले  ३० हजार रुपैयाँ र ब्याडमिन्टन संघले  १५ हजार रुपैयाँ सहयोग गरेका जनाएका छन् ।

बेनी नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष एवम् नगर कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, वडा सदस्य रमेश घर्ति, विश्वास श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की, बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार