च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )

भलिबल उपाधि ः पुरुषतर्फ छापाखानी युवा क्लब ,प्रौढतर्फ महखानी युवा क्लब ,महिलातर्फ जनसहारा युवा क्लब र तारोखेल तर्फ डाँडागाउँलाई

  म्याग्दी न्युज संवाददाता

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।क्लबको वार्षिकोत्सव तथा शुभदिपावलीको अवसरमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल लगायत सांस्कृतिक कार्यक्रम संचालन भएका थिए ।

भलिबलको फाइनल खेल प्रौढ तर्फ महभिरले रिभर साइड युवा क्लब अधिभारा ,महिला तर्फ जनसहारा युवा क्लब डाँडागाउँले प्रगतिशिल युवा क्लब बेली र पुरुष छापाखानी युवा क्लब छापले महखानी युवा क्लब महभिरलाई पराजित गर्दै विजयी भएका छन् । पुरुष भलिबलमा प्रथम भएको छाप र द्धितिय भएको महभिरले क्रमश ः ५५ हजार पाँच सय ५५ र ३० हजार तीन सय ३० रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रौढ भलिबलका विजेता महभिर र उपविजेता अभिभाराले क्रमश २० हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् । त्यसैगरी महिला भलिबल प्रतियोगिताका विजेता डाँडागाउँ र उपविजेता बेलीले क्रमश ः २५ हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन्। तारो खेलमा प्रथम हुन सफल डाँडागाउँ र द्धितिय भएको आयोजक परिवर्तन युवा क्लबले क्रमश २० हजार र १० हजार मेडल र प्रमाणपत्र पाएको क्लबका सचिव मदन पुन मगरले बताउनुभयो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि  वडा अध्यक्ष भेजेन्द्रमान पुन ,क्लब अध्यक्ष थमबहादुर घर्ती , सचिव मदन पुन मगर , मेला संयोजक लोकमाया पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभएको थियो । खेलकुद क्षेत्रको प्रवद्र्धन,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सहयोग गर्ने सहयोगीदाताहरु,नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव साधन राम्जाली ,प्रशिक्षक तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा पुरुष भलिबल तर्फ १७ ,प्रौढतर्फ ६ र महिला तर्फ दश टिमको सहभागिता रहेको थियो । छकप्रसाद घर्ति मगर (छवी)ले कार्यक्रम सनञ्चालन गर्नुभएकाे थियाे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार