दुखुबेशीमा नवनिर्मित खेलमैदान उद्घाटन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका-६ ,दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा करिब ४० लाख रुपैयाँको लागतमा क्लवले निर्माण गरेको  खेलमैदान गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलमैदानको उद्घाटन उद्घाटन गर्नुभयो ।

खेलमैदानको अभावका कारण स्थानीय सती आधारभुत विद्यालयमा खेल खेल्ने गरिएकोमा अब ब्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय खेलप्रेमी उत्साहित भएका छन् । खेलमैदानमा भलिबल, फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालनमा सहज भएको छ ।

खेलमैदानको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजा खेलमैदानको पूर्णताका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले एक वड एक खेलमैदान ब्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।

खेलमैदान उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व वडा अध्यक्ष सन्तनाथ सुबेदीले मन्तब्य राख्नु्भएको थियो । खेलकुद, सामाजिक एवम् विकास निर्माणको क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको ५ औं मितेरी कप समेत सुरु भएको छ ।

कपमा महिला, पुरुष भलिबल, महिला, पुरुष फुटबल, पौैड भलिबल, ताराखेल लगायतका खेल सञ्चालन भइरहेको छ । खेलमैदानको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष हिमाल गुरुङ, स्वागत सदस्य किस्मत रोका र सञ्चालन संस्थापक अध्यक्ष राजु जुग्जालीले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार