लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम स‌ंवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे  वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्रवेश थजाली ,सचिवमा भरत अर्मजा ,सहसचिवमा ऋषिकेश तिवारी ,कोषाध्यक्षमा विन्दु विक चयन हुनुभएको छ । भने सदस्यहरुमा कुमार विक,रबि राम्जाली ,भविन्द्र राम्जाली ,निशान पुन ,कौशिला पुन ,सुस्मिता पुन ,सन्ध्या खत्री चयन हुनुभएको छ ।

याे पनि‍‍…

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)


यसैगरी क्लबको सल्लाहकार सदस्यहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य चयन हुनुभएको छ । गण्डकी प्रदेश सभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभएको कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह,क्लबका सदस्य लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार