म्याग्दी फोटोग्राफर संघको अध्यक्षमा रिजाल

  म्याग्दी न्युज संवाददाता

बेनी ।  म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार जिल्लाकाे बेनी नगरपालिका-४,स्थित सिंगा तातोपानीमा आयोजित  भेलाबाट भोजबहादुर रिजालको अध्यक्षतामा तर्दथ समिति गठन भएको हो । फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि गठित  समितिको उपाध्यक्षमा गौरीशंकर चौधरी, सचिव किरण कार्की,कोषाध्यक्ष कृष्णराज पौडेल रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा शालिग्राम गौतम,मनोज राना, चिरञ्जीवी शर्मा आचार्य, सुरेन गुरुङ, खड्क छन्त्याल, मौमता श्रेष्ठ र प्रवेश पौडेललाई चयन गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।

तर्दथ समितिका अध्यक्ष रिजालले ६ महिनाभित्र प्रथम साधारणसभा गरिने बताउँदै जिल्लाभित्र रहेका फोटोग्राफरहरुलाई सदस्यता लिन अनुरोध गर्नुभयो । भेलाबाट अमर बानियाँ, सञ्जयकुमार श्रेष्ठ र मित्रबहादुर कार्कीलाई संरक्षक चयन गरेको छ ।यसैबीच गण्डकी फोटो फोटोग्राफर महासंघको पूर्ण बैठकमा फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताउँदै आगामी दिनमा थप सक्रियता आवश्यक रहेको महासंघका अध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो । ९ जिल्लाका २७ जनाको उपस्थितीमा आयोजित भेलाबाट ब्यवसायिक फोटोग्राफरको क्षमता विकास सहितको सीपका लागि प्राथमिकता दिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार