धनगढी । लकडाउन खुलपनि आन्तरिक राजस्व संकलनमा बृद्धि हुन सकेको छैन । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेपनि दोस्रो महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो ।
कार्यालयले आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा तोकिएको लक्ष्य भन्दा २६ प्रतिशत बढी राजस्व संकलन गरेपनि भदौमा ९८ प्रतिशतमा सीमित भएको छ । ५५ करोड २१ लाख ८२ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ६९ करोड ५२ लाख ७८ हजार रुपैयाँ (१२५।९१ प्रतिशत) राजस्व संकलन भएको कार्यालयका कर अधिकृत भागीराम केसीले बताए । उनले भदौमा २५ करोड ५४ लाख २३ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा २५ करोड १४ लाख ६६ हजार रुपैयाँ (९८।४५ प्रतिशत) राजस्व संकलन भएको बताए ।
नोवेल कोरोना भाइरसका कारण आर्थिक मन्दी सिर्जना भएको कारण राजस्वमा गिरावट आएको छ । साउनमा लकडाउन खुला भएको र भदौ महिनामा जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेकोले पनि राजस्व संकलनमा बाधा पुगेको राजस्व अधिकृत केसीले बताए ।karobardailyबाट साभार