काठमाडौँ । अहिले विश्वभर जनसंख्या वृद्धिको नियन्त्रणका लागि विभिन्न अभियानहरु सञ्चालनमा छन् । विश्वका धेरै देशहरुमा अधिकांश शिक्षित परिवारले २ भन्दा बढी सन्तान जन्माउन छाडिसकेका छन् । यस्तै भारतमा भने नौलो घटना सार्वजनिक भएको छ । भारतमा देशभर जनसंख्या नियन्त्रणको बारेमा बहस चलिरहेको छ । तर, ग्रामीण क्षेत्रका मानिसहरु यस बारे अनजान छन् । यसको ताजा उदाहरण मध्य प्रदेशको दमोह जिल्लाको घटना बनेको छ ।
दमोहको बटियागढ़ थानाको पाडाझिर गाउँमा सुखरानी नामकी महिलाले १६औँ बच्चालाई जन्म दिएकी छन् । जानकारीकाअनुसार ४५ वर्षीया महिलाले शनिबार आफ्नो १६औँ बच्चालाई जन्म दिइन् तर केही घण्टापछि उक्त महिला र नवजात शिशुको अवस्था गम्भीर भयो ।अस्पताल लैजाँदै गर्दा आमा र बच्चा दुबैको मृत्यु भयो । १६औँ पटक आमा बनेकी उनको ४ छोरा र ४ छोरीहरू जीवित छन् । यीमध्ये दुईजनाको विवाह भइसकेको छ । उनका यसअघि नै सात बच्चा मरिसकेका छन् ।
घटनाका विषयमा बताउँदै प्रमुख मेडिकल तथा स्वास्थ्य अधिकारी डा. संगीता त्रिवेदीले महिलाले गर्भधारणको आठौँ महिनामा १६औँ बच्चालाई जन्म दिएको बताइन् । घरमै सुत्केरी भएकी उनको अस्पताल लैजाँदै गर्दा शरीरको रगतको अभावले गर्दा मृत्यु भएको हो ।एजेन्सी/नागरिक खबर