काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् ।
काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा मागेको आरोपमा बजगाईलाई गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता कुमारविक्रम थापाले रातोपाटीलाई जानकारी दिए ।
पक्राउपछि बजगाईलाई प्रहरीले सोधपुछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोलीमाथि अपशब्द प्रयोग गरेको डीएसपी थापाले बताए । प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सिर्जना गरेको डीएसपी थापाको भनाइ छ ।
पार्टीको निर्देशानुसार काम कारबाही गर्दै आएको बजगाईले प्रहरीसमक्ष बयान दिएका छन् । बजागाईविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप भएको थापाले बताए । बजगाईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार