काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी थालेको छ ।
मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनिएको आन्दोलनका लागि नारा तय गरिसकेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो ।
“सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिडविरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद १” विज्ञप्तीमार्फत कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ । नागरिक खबरबाट साभार