काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।
नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।
बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । रातोपाटीबाट