ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले अनलाइनखबरसँग भने ।भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार