![](https://myagdinews.com/wp-content/uploads/2021/03/FB_IMG_1616463053910.jpg)
जलजला।पर्वतको जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ । हात्तिपाइले रोग न्युनीकरणका लागि चैत २० गते बाट गण्डकी प्रदेशका पर्वत लगायत ३ जिल्लामा सञ्चालन हुन लागेको औषधि खुबाउने कार्यक्रमलाई सफल बनाउन सोमबार गाउँपालिकाको मिलनचोकमा भएको गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरुको गोष्ठीले योजना बनाएको हो ।
हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि ९ वटै वडाका जनप्रतिनिधिहरु र महिला स्वास्थ्य स्वमसेवीकाहरुसँग समन्वय गरेर स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाइएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राजु बोहोराले बताउनुभयो ।
गाउँपालिका र वडा स्तरमा जनप्रतिनिधि, अगुवाहरुलाई अभियानको बारेमा जानकारी गराउने, विद्यालय शिक्षा र अन्य माध्यमबाट प्रचारप्रसार गरि जति सक्दो धेरैलाई औषधि खुवाउन स्वाथ्यकर्मीहरु परिचालन गरिने उहाँले बताउनुभयो ।क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट लामखुट्टे एक व्यक्तिबाट अर्कोमा सर्छ ।
अभियानका क्रममा गर्भवति, गम्भिर बिरामी र दुई वर्ष मुनीका बालबालिका बाहेकालाई अबलेण्डाजोल र डिइसी चक्की औषधि खुवाइने जनाइएको छ ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई हात्तिपाइले रोग निवारण सम्बन्धि प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरि वडा तहमा ५ जनाको समुह गठन गरिएको छ ।
९ वटै वडाका ४५ स्थानमा ९०० जना स्वास्थ्य स्वयमसेविकाहरुले टोल टोलमा पुगेर अभियानलाई सफल पार्नको लागि जनचेतना फैलाउने कार्यक्रम रहेको संयोजक वोहोराले बताउनुभयो ।
कार्यक्रमा जलजला गाउँपालिकाको स्वास्थ्यकर्मी र पालिकाका कर्माचारीको उपस्थिती रहेको थियो । जलजला गाउँपालिकाको अध्यक्ष रामकृष्ण मल्लको प्रमुख आथित्यता, वोहोराको प्रशिक्षण, हेअ गणेश मल्लको स्वागत मन्तव्य र अनमि पार्वती थापाको संचालनमा गोष्ठी सम्पन्न भएको गोष्ठीमा पालिका अध्यक्ष मल्लले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।