काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए ।
मत दिन्न भन्ने पक्षमा १५ रहेको छ । माधव नेपाल समूहका सांसदहरू बैठकमा उपस्थित थिएनन् । संक्रमित २६ सांसदहरूलाई छुट्टै मतदानको व्यवस्था गरिएको थियो । विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओलीले त्यो प्राप्त गर्न सक्नुभएन । विश्वासको मत प्राप्त नभसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको छ ।ओलीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनको ढोका खुलेको छ।प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदा २८ सांसद अनुपस्थित रहेका छन् ।