१८ वटा सार्वजनिक संस्थान घाटामा

काठमाडौँ । अस्तित्वमा रहेका ४४ संस्थान मध्य १८ वटा संस्थान घाटामा गएका छन् । यिनीहरूको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको हो । शुक्रबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिती समीक्षाले १८ संस्थान नोक्सानमा गएको देखाएको हो । तर २४ वटा संस्थान भने नाफामा रहेको देखिएको छ ।

उनीहरुको नाफा ४.२८ प्रतिशतले बढेको हो । संस्थानहरूमा नेपाल सरकारको कुल लगानी गत बर्षको भन्दा ११.८२ प्रतिशतले बृद्धि भएको छ ।

सार्वजनिक संस्थानमा सरकारको लगानी आर्थिक वर्ष २०७६/०७७ मा ७ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । विद्युत उत्पादन प्रसारण लाइन, विमानस्थल निर्माण, खानेपानी वित्तीय क्षेत्रमा केही लगानी बृद्धि जस्ता कारणले सरकारको लगानी बढ्न गएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार