बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ ।

आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताउनुभयो । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार