गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढीमाई नगरपालिका वडा नम्बर ३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी दिनुभयो। पूजा ६ महिनाकी गर्भवती थिइन्।

घटना गत शुक्रबार राति साढे ८ बजेको हो। शुक्रबार घरबाट पैसा लिएर मदिरा खाएपछि श्रीमान दीपेन्द्र र पूजाबीच विवाद भएको थियो। सोही विवादले उग्र रूप लिएपछि पूजाको हत्या हुन पुगेको डिएसपी दाहालले बताउनुभयो। प्रारम्भिक अनुसन्धानबाट पेट्रोल श्रीमती आफैँले खन्याएको र पछि श्रीमानले आगो लगाएको खुलेको दाहालले बताउनुभयो।

‘मदिरा खाएको विषयमा दुई जनाबीच झगडा भएको देखिन्छ। नजिकै रहेको एक बोत्तल पेट्रोल श्रीमती आफैँले खन्याएको भन्ने कुरा आएको छ। पछि श्रीमानले आगो लगाएको भनेका छन्,’उहाँले भन्नुभयो, ‘यसबारेमा थप बुझ्ने काम गरिरहेका छौं।’

दीपेन्द्र चौधरीले पनि घटनाबारे आंशिक रूपमा मात्रै स्वीकार गरेको उहाँले बताउनुभयो। प्रत्यक्षदर्शीहरूले पेट्रोल आफैँमाथि छर्केपछि श्रीमानले आगो लगाइदिएको कुरा भनेका छन्, ‘डिएसपी दाहालले भन्नुभयो, ‘दीपेन्द्रले पनि घटनाको आंशिक मात्रै स्वीकारेका छन्। पेट्रोल आफूले नछर्किएको तर आगो लगाएको भनेका छन्।’

पूजाको शरीरमा आगो लागेर जलेपछि उनको उपचारको लागि ससुरा लगायतले उपचारको लागि लहानको कामना नर्सिङ होम लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि विराटनगर लगिएको थियो। विराटनगरमा पनि उपचार नभएपछि काठमाडौं ल्याउने क्रममास् आइतबार पूजाको बाटोमै मृत्यु भएको थियो। घटनापछि फरार भएका श्रीमान दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। उनलाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालत लगिएको छ। पूजाको माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार