मकवानपुर । आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो । अस्पतालमा मेसिन अभावका कारण बिरामीहरु विहानै देखि लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।
हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँखा परिक्षणलाई प्रभावकारी र सहज हुने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।अस्पतालले मकवानपुरसहित प्रदेश नम्बर २ का विभिन्न जिल्ला र भारतबाट आँखाको जाँच गराउन बिरामी आउने गरेका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले आँखा अस्पतालमा बिरामीको चाँप बढेसंगै अस्पतालको सेवालाई गुणस्तरीय प्रभावकारी र सहज बनाउन स्थानीय सरकारको दायित्व ग्रहण गरी मेसिन खरिदका लागि उक्त रकम सहयोग गरिएको बताउनुभयो । उपमहानगरपालिकाको बार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो । रातोपाटीबाट