एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बसेको स्थायी कमिटीको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिनुभयो । माधव नेपाल लगायतका नेताहरुमाथिको कारवाहीको विषयमा समेत अब सोही बैठकले थप निर्णय गर्ने भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार