थप १८७५ जनामा कोरोना संक्रमण , २९ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७४ आरटी पिसिआर र ५ हजार १ सय ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ८ सय ७५ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५१ हजार ३ सय ८० जनामा र एन्टिजेन विधिबाट ४१ हजार ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २९ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय २० पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ८६ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार