काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५७ आरटी पिसिआर र ४ हजार ६ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ३९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५२ हजार ८ सय ५९ जनामा र एन्टिजेन विधिबाट ४२ हजार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २० जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।