प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नयाँ भवन (सर्जिकल भवन) को उद्घाटन गरेका छन्। आज बिहान काठमाडौंको महाबौद्धमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका हुन्।

यो भवन २०७४ फागुनमा शिलान्यास गरिएको थियो। प्रधानमन्त्री ओलीले समयमै भवन निर्माण गरेकोमा भवन निर्माण कम्पनी शर्मा निर्माण कम्पनीलाई धन्यवाद दिए। उनले सबैले समयमै काम सक्नुपर्ने बताउनुभयो।

यो भवनमा यसअघि नै उपचार कार्य सुरु गरिएको थियो। कोरोना संक्रमित विरामीको यही भवनमा उपचार भैरहेको छ। वीर अस्पतालको सर्जिकल भवनमा सेवा दिनका लागि आठ सय ३१ जनाको दरबन्दी स्वीकृत गरिएको छ। अब छिट्टै पदपूर्ति हुने जनाइएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार