आन्तरिक कर्जा २१.५ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.६ प्रतिशतले बढेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार