काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो ।
जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै जसो समूहहरु ऋणात्मक हुँदा कारोबार रकम १० अर्बमा झरेको छ ।
नेप्सेका अनुसार आज कुल २१७ कम्पनीका २ करोड ६० लाख कित्ता माथिको सेयर एक लाख पटक भन्दा बढि बजारमा किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ । गत बुधबार यस्तो कारोबार १३ अर्ब २९ कारोड १९ लाख बराबरको भएको थियो । रातोपाटीबाट