स्रोत नखुलेको छ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले सोमबार साँझ छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भारतको साहजहाँपुर मोहल्ला बस्ने ४१ वर्षीय रजिनिस कुमारलाई नियन्त्रणमा लिएको हो ।

शङ्का लागि जाँच गर्दा भारतीय नागरिकका साथबाट स्रोत नखुलेको नगद रकम फेला परेको छ । रकमसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिनगर भन्सार कैलालीमा बुझाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार