यार्सागुम्बा किन्ने बहानामा लुटपाट गर्ने ७ पक्राउ

काठमाडौँ । काठमाडौँमा यार्सा गुम्बा लुटर फरार भएका ७ जनालाई प्रहरी पक्राउ गरेको छ । गत आइतवार काडमाण्डौ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाइ यार्सा गुम्बा किन्ने भन्दै होटलमा बोलाएर लुट्ने ७ जनालाइ प्रहरीले पक्राउ गरको हो ।

१ किलो यार्सा गुम्बा २८ लाख रुपैँयामा खरिद गर्छु भन्दै काठमाण्डौँ नयाँ बसपार्कको एक होटलमा बोलाइ धम्की दिइ लुटपाट गर्ने मुख्य योजनाकार ३४ वर्षिय धर्म ओखेडा सहित घटनामा संलग्न म्यानपावर परिचालन रामेछापका २७ वर्षिय दिपक थापामगर,

म्यानपावर व्यवस्थापन काभ्रे पाँचखालका २७ वर्षिय विशाल लामा, २३ वर्षिय योङदेन लामा, रामेछाप दोरम्बाका २२ वर्षिय रोशन श्रैष्ठ र भारतको कस्मिर आबुपाकरका ३७ वर्षिय मोहम्मद ईसाकलाई प्रहरीले पक्राउ गरेको हो ।

यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के।जी। ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भइ काठमाण्डौँ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाई गणेश शाहीले फोन गरी २८ लाखमा १ किलो यार्सा गुम्बा किन्ने विश्वास दिलाएका थिए ।

शाहीले मित्रनगरमा रहेको होटलमा बोलाई बिक्री गर्नको लागी झोलामा ल्याएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएको महानगरीय अपराध महाशाखाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रहरीले उनीहरुलाई शनिवार पक्राउ गरेको हो । मूख्य योजनाकार तथा मतियारहरुलाइ प्रहरीले काठमाण्डौंका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैँया र ८ थान मोबाइल समेत बरामद गरेको प्रहरी बताएको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार