वीरगञ्ज । प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका-६ बस्ने २२ वर्षीय जीत बहादुर चौधरी रहेका हुन् ।
पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगञ्जबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहीबार साँझ ७ बजे वीरगञ्ज–८ पानीटंकीस्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको थियो ।
चौधरी समेत दुईजना व्यक्तिले मास्टर साँचो बनाएर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी बसपार्कबाट नियमित गस्तीमा खटिएको टोलीको दाबी छ । पक्राउ परेका उनीविरुद्ध चोरी सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनुभयो। चोरी कसूरमा संलग्न अर्को व्यक्ति घट्नास्थलबाटै फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट