उखु किसानलाई सम्पूर्ण भुक्तानी तत्काल दिलाइदिन किसान संगठनहरुको माग

काठमाडौं । विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त वक्तव्य जारी गर्दै किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं झुलाएर राख्ने उद्योग, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि यो राष्ट्रिय लज्जाको विषय भएको उनीहरुले बताएका छन् ।

जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ ।’ अनलाइनखबरबाट

६ किसान स‌ंगठनहरुको संयुक्त प्रेस वक्तव्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार