बेनी । नेशनल लाईफ इन्सोरेन्स कम्पनीले म्याग्दीका दुई जना बिमितका परिवारलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका विच कम्पनीमा जिबन बिमा गरेका रघुगंगा गाउँपालिका – १ बेगका खबहादुर गर्बुजा र मंगला गाउँपालिका –१ कुँहुका पदम बहादुर राम्जालीका आफन्तलाई दाबी रकम उपलब्ध गराएको हो ।
बेनी शाखाले आयोजना गरेको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रममा खबहादुरका दाजु दुत बहादुरलाई १० लाख १६ हजार रुपैयाँ र राम्जालीका आफन्तलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । कम्पनीका गण्डकी प्रदेश प्रमुख केशब राज ढकाल , म्याग्दी शाखा प्रमुख भरत केसी , बरिष्ठ अभिकर्ता दुर्गाराम सुवेदीले चेक हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो । शाखा प्रमुख केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सिनियर विजनेस अफिसर खम थापा मगरले गर्नुभएको थियो ।