म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् ।
अन्दाजी २७ बर्षिया पीडित महिलाले छोरा छोरी सहित घरमा सुतिरहेको अवस्थामा ति किशोरहरुले आर्थिक प्रलोभन र डरधम्की दिई पालैपालो बलत्कार गरेको बताएका छन् । सुतिरहेका बालबालिका थाहा नपाउन भनेर मुखमा कपडा कोचिदिएर सामुहिक रुपमा बलात्कार गरिएको बततइएको छ । घटना घटे लगत्तै पिडित महिलाका १० बर्षिय छोराले १०० मा डायल गरि प्रहरीलाई खबर गरेका थिए । तर घटनाको स्वरुप जाँड रक्सी सेवन गरि होहल्ला गरेको र गाउँमै मिलाइएको भन्ने जानकारी आए पछि प्रहरी घटना स्थलमा पुगेको थिएन ।
शुक्रबार पिडित महिला प्रहरी कार्यालयमा नै आएर जाहेरी दिएपछि मात्र प्रहरीले अनुसन्धान थालेको हो । शनिबार बिहान घटना स्थलमा प्रहरी टोली पुगी घटनाको बस्तुस्थिति बुझेर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङ्गले जानकारी दिनुभयो ।घटनामा संलग्न ब्यक्तिहरु फरार रहेकोले खोजिकार्य भैरहेको पनि उहाँले बताउनुभयो । आफु बलत्कार भएको जाहेरी पछि पीडित महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
बलत्कार नै भएको मेडिकल रिपोर्ट आएपछि अदालतमा मुद्दा दर्ता गरि कानूनी प्रक्रिया अघि बढाइएको सुचना अधिकारी गुरुङ्गले बताउनुभयो । पीडक पक्षका आफन्तले प्रहरीमा जाहेरी नदिन र गाउँमै पैसामा मिल्न दवाव दिएको पीडित महिलाका आफन्तले बताएका छन । तर बलत्कार जस्तो गम्भिर घटनालाई ढाकछोप नगरि कानून अनुसारको कुनै कसूर बाँकी नराखि कार्वाही गरिने प्रहरीले बताएको छ ।