काठमाडौँ । नेपाली कांग्रेसमा यसपालि युवाको आकर्षण बढेको छ । वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका थिए।
युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखियो।बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनुभएको छ । उहाँले २८६ ल्याउनुभएको थियो । जुन त्यहाँ सबैभन्दा बढी मत हो । उहाँ बागलुङको काँठेखोला गाउँपालिका ५ की हुनुहुन्छ ।
उहाँ बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिनुभएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा युवा आकर्षण बढेको बताउनुभयो । उहाँले हालै युवालाई लक्षित गर्दै किशोर केन्द्रीय सदस्य अवधारणासमेत सार्वजनिक गर्नुभएको थियो । सेतोपाटीबाट