निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्ब रुपैयाँ पुगेको छ ।

यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्ब ७१ अर्ब निक्षेप रहेको छ । निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सिडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ । निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ ।

शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ । बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्ब रुपैयाँले वृद्धि भई ४६ खर्ब २ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार