अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालबाट मोबाइल एप्लिकेसन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालका मुख्य नाइके कीर्तिपुर नगरपालिका–६ का ३३ वर्षीय सुजेन्द्र थापा, सोही स्थानका १७ वर्षीय मनिश थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीय रविन खड्का छन् ।

यसैगरी कीर्तिपुर नगरपालिका–१० का ४५ वर्षीय बुद्ध महर्जन, वडा नम्बर ८ की रोजा मर्हजन, १९ वर्षका साहिल महर्जन, वडा नम्बर १० की हनिशा महर्जन र वडा नम्बर ९ का प्रदीपमान सिंह बस्नेत पक्राउ परेका छन् ।

‘उनीहरुले कम्तिमा १० हजार डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेसन चलाइरहेका रहेछन्,’ महाशाखाका प्रमुख बसन्तबहादुर कुँवरले भन्नुभयो,’यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ । अहिले समातिएकाले नेपालमार्फत् जुवा खेलाउने काम गरिरहेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार