प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ। दिउँसो ३ बजे उहाँले राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नुभएको हो । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री हुनुभएको थियो । सर्वोच्च अदालतको परमादेशको बलमा उहाँ प्रधानमन्त्री चयन हुनुभएको हो । उहाँ प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार