एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उहाँमा संक्रमण पुष्टि भएको हो । उहाँ हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ। आज हुने भनिएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार